नुन, चिनी, पानी अमेरिकाका अर्जुनको ‘द ब्रिज टक’ अव डिसी नेपालमा

डिसी नेपाल
१९ मंसिर २०७७ ११:४८

वासिंगटन डिसी। दर्शकहरु माझ निक्कै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) अब डिसी नेपालमा नयाँ कार्याक्रम “द ब्रिज टक” लिएर आउने भएका छन्।

विश्वभरका नेपाली र नेपाली भाषी माझ लोकप्रिय बनेको अनलाइन न्युज पोर्टल डिसी नेपालमा यो कार्यक्रमले दर्शकहरुलाई समसामयिक सूचना, मनोरञ्जन र उपयोगी जानकारी दिने बिश्वास लिइएको छ।

हरेक हप्ता नेपालसहित विश्वभर रहेका बिभिन्न क्षेत्रमा रहेर काम गरिरहेका नेता, कलाकार, कर्मचारी र समाजिक अभियन्तालाई क्रमश कार्यक्रममा समेट्दै लैजाने योजना रहेको उनले बताएका छन्। अमेरिकामा रहेका बिभिन्न इस्स्यूहरुलाई भने कार्यक्रम “जस्ताको तस्तै” बाट समेट्ने योजना रहेकोसमेत उनले जानकारी दिएका छन्।

स्मरणरहोस् डिसी नेपालले जर्मनीबाट ‘प्रवासवाणी’, इटलीबाट ‘मजदुरमञ्च’, अमेरिकाबाट ‘द इन्टलेक्च्युअल फोरम’, अमेरिकाबाटै ‘द हेल्थ कन्सर्न’जस्ता कार्यक्रमहरु नियमितरुपमा प्रसारण गर्दै आएको छ। यी कार्यक्रमहरु डिसी नेपालको फेसबुक पेज र डिसी नेपालको युट्यूव च्यानलमा हेर्न सकिन्छ।

‘द ब्रिज टक’ को पहिलो अंकका लागि नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको वहश तय गरिएको छ। ज्ञवालीको आसन्न भारत भ्रमण, सीमा एवं नक्सा विवाद, चीन र भारतका उच्चअधिकारीहरुको लगातारको नेपाल भ्रमण, नेकपाभित्रको किचलोलगायतका समसामयिक विषयका कडा प्रश्नहरुसहितको वहसको यो कार्यक्रम नेपाली समयअनुसार शनिवार बिहान ७  बजेर ३० मिनेटमा र न्यूयोर्क समयअनुसार शुक्रबार साँझ ८ बजेर ४५  मिनेटमा डिसी नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *