भारतीय परिकार छाडेर यसकारण रोजे सन्तोषले नेपाली परिकार

डिसी नेपाल
३ पुष २०७७ ५:३०

नेपाली शेफ सन्तोष साहले बेलायतको हस्पिटालिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित शो, मास्टरसेफः द प्रोफेसनल्स, बीबीसी वनमा रनरअप स्थान हासिल गरेका छन्।  बिहीबार भएको फाइनलमा साहसहित अन्य दुईले प्रतिष्पर्धा गरेका थिए।

२०२० को मास्टर्ससेफ उपाधि भने २५ बर्षे ब्रिटिश सेफ एलेक्स वेबलाई प्रदान गरियो र अन्य फाइनलिस्ट भने रनर अपको रूपमा घोषित भए ।

कार्यक्रमको अन्तिम चरणमा साहले खोलेको साग, राँगाको मासु, आलुको परिकार पकाएर विशेष बनाइएको आलु ट्यूबमा राखेका थिए । त्यस्तै, चपाती रोटी र गंगटो, भेडाको मष्तिष्क फ्राइ, जंगली च्याउ, पेस्ट कबाब तयार पारेका थिए भने अम्बा, पिटिच्यू केकलाई पुदिनाको साथमा मिठाईको रूपमा बनाएका थिए।

सिराहा, नेपालका सन्तोषका काका पान्डव महतो, नेपाली झण्डासहित उनका परिवारका सदस्य लिएर सन्तोषलाई हौसला दिन लण्डन पुगेका थिए ।

निर्णायकहरुले सन्तोषको खानाको पहिलेदखि नै अत्यन्तै प्रशंसा गर्दै आएका भएपनि विहिबार फाइनलमा भने जित हासिल हुन सकेन ।
यद्यपि सन्तोषले सन्तुष्टि व्यक्त गर्दै डिसी नेपालसंग भने, “यहाँसम्म पुग्नु र फस्ट रनरअपमा आफ्नो स्थान राख्नु नै मेरालागि गर्वको कुरा हो । मैले आफ्नो जीवनमा देखेका प्रतिष्ठित शेफहरूसँग नेपाली खाना बाँड्न सकेकोमा म निकै नै खुशी छु । मैले नेपाली खाना यो प्रतियोगितामा पस्कन पाउनु नै मेरा लागि खुशीको क्षण हो । ”

उनले थपे, “नेपाली खानालाई आफ्नो शैलीमा प्रस्तुत गर्न पाउनु नै मेरालागि एक रमाइलो क्षण हो र म हाम्रो खाना र संस्कृतिको बारेमा विश्वमा सन्देश फैलाउने काम गर्ने लक्ष्य राख्छु। मैले भारतीय खानामा २० बर्षको अनुभव बटुलेको छु म त्यो पाक प्रणली लिएर पनि जान सक्थें तर विश्वव्यापीरूपमा नेपाली खानालाई प्रवद्र्धन गरेर म आफ्नो मातृभूमिको लागि केही गर्न चाहन्थें। मैले विगत दुई वर्षदेखि नेपाली खानाको बारेमा सिक्दै छु र अझै सिकिरहेको छु । मेरो सपना नेपाली कुजिनमा स्टार हुने छ।”

सन्तोष नेपालमा पहिले नै सेलिब्रेटी भइसकेका छन । नेपाली मिडिया र टिभी च्यानलहरूले मास्टरशेफ प्रोफेशनल २०२० प्रतिस्पर्धाको लागि छनौट गरेपछि उनको अन्तर्वार्ता र समाचारहरु आइरहेका छन् । बीबीसी समाचार र अन्य प्रमुख बेलायती मिडिया पनि उनको बारेमा राम्रो समाचारहरु प्रकाशित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *