प्रेमीले प्रपोज गरेको खुशीमा उफ्रिँदा प्रेमीका ६५० फिट तल खसिन्, बचाउन प्रेमीले पनि हामफाले तर…

डिसी नेपाल
१८ पुष २०७७ १८:०५

काठमाडौं (एजेन्सी)। जब कोही कसैलाई निकै मन पराएको हुन्छ, तर भन्न सकिरहेको हुँदैन। यसैबेला प्रेमीले प्रपोज गरेपछि खुशिले सीमा नाघ्छ। र यो क्षण निकै रोमान्टिक हुन्छ। दुबै एकअर्काको आलिंगनमा आउँछन्।

तर, यस्तो क्षण सबैका लागि रोमान्टिक हुँदैन। सबैले आलिंगनको मौका पाउँदैनन्। त्यो खुशीको क्षण पलभरमै भयानक भइदिन सक्छ। यस्तै एक घटना अस्ट्रियामा भएको छ। बेलायती समाचार माध्यम डेली मेलका अनुसार अस्ट्रियाको फल्कर्ट पहाड घुम्न एक् जोडी गएको थियो। प्रेमीले प्रेमिका क्याथरीनलाई प्रपोज गरे।

क्याथरिने प्रेम प्रस्ताव स्वीकार गर्दै टाउको हल्लाइन्। र उनी खुशीमा उफ्रिन थालिन। यसैमा उनको खुट्टा चिप्लियो। उनी सो पहाडबाट ६५० फिट तल चट्टानमा खसिन्।

तर, भाग्य, उनी बाँचिन्। पूरै चट्टान हिँउले ढाकिएको थियो। जसको कारण उनलाई धेरै चोट लागेन। तर, उनलाई बचाउन हामफालेका प्रेमी भने ५ फिटमै अल्झिए। र उनी पनि बाँच्न सफल भए। तर, उनको खुट्टा भाँचियो।

क्याथरिनलाई बेहोस अवस्थामा एक पर्यटकले ताल नजिकै फेला पारेका थिए। उनकै सहयोगमा दुबै प्रेमी प्रमिकाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। यो घटना २७ डिसेम्बरको भएको डेली मेलले जनाएको छ। अहिले दुबैजनाको अस्पतालमा उपचार भइरहेको छ।

डेलीमेलका अनुसार सो घटना भएको स्थानका एक प्रहरीले दुबैजनालाई निकै भाग्यमानी भनेका छन्। उनले हिँउ नपरेको भए अवस्था यो भन्दा फरक हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *