अझै कठिन छ विश्वासको मतसम्म पुग्ने प्रधानमन्त्रीको अगाडिको बाटो

जगदीश दाहाल
२ जेठ २०७८ १०:३७

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको र संविधानको धारा ७६ (२) बमोजिम २ वा सोभन्दा बढी दल मिलेर गठबन्धन बनाइ बहुमत पुर्याउने विकल्पको पनि सदुपयोग हुन नसकेपछि अहिले संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको छ।

धारा ७६ (२) बमोजिम राष्ट्रपतिले दलहरुलाई समयसीमा दिएको भए पनि सो समयभित्र कुनै पनि सांसदले आफूलाई बहुमतका लागि चाहिने सांसदहरुलाई विश्वासमा लिन नसकेपछि धारा ७६ (३) को विकल्प रोज्नुपरेको हो।

यो विकल्प सहज विकल्प होइन किनकि जुन प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेर पदमुक्त हुनुपरेको थियो पुनः उनैलाई प्रधानमन्त्री बनाउनु परेको छ। र, १ महिनाभित्र उनले पुनः विश्वासको मत लिनुपर्नेछ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) अनुसार सरकार गठन भएको छ। यो सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ, तर प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन त्यत्ति सहज देखिँदैन।

एकातिर प्रधानमन्त्रीलाई विश्वसको मत दिने विषयमा छलफल भइरहँदा अर्कोतिर नेताहरु एकअर्काका लागि छिर्के दाउमा देखिन्छन्। इगो उत्तिकै पालेर बसेका छन्। इगो हाम्रा राजनीतिक दल र नेताको मात्रै होइन, इगो पर्दा पछाडिका अन्तर्राष्ट्रिय शक्तिको पनि उत्तिकै होला।त्यसो हुँदा नेपालको राजनीतिमा तत्काल निराकरण निस्किने अथवा अहिलेको समस्या सामसुम भएर शान्ति स्थापना हुने संभावना कम देखिन्छ। नेपालको राजनीतिमा धमिलो पानीमा माछा मार्ने शक्ति उद्यत देखिन्छ।

१ महिनाअघि मात्रै विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्रीले १ महिनापछि पुनः त्यसैगरी विश्वासको मत माग्दा सहजै पाउलान् भन्ने अपेक्षा गर्नु पनि कठिन कुरा हो।

त्यसमाथि प्रधानमन्त्रीले विश्वासको मत पाउनको लागि प्रधानमन्त्रीको आफ्नो दलका सबै सांसदले मत दिनुपर्ने र अर्को दलसमेत विभाजित हुनुपर्ने कठिन अवस्था छ। त्यसैले पनि प्रधानमन्त्रीका लागि आगामी बाटो झनै कठिन छ।

हुन त अहिलेको राजनीतिक घटनाक्रमलाई अध्ययन र विश्लेषण गर्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुमा प्रधानमन्त्री ओलीको पहुँच राम्रो देखियो। केपी ओलीलाई राजनीतिक रुपमा आजका दिनसम्म नेपालको राजनीतिमा चासो राख्ने अन्तर्राट्रिय शक्तिकेन्द्रको समर्थन देखियो। तर पनि ओलीलाई आउने दिनमा विश्वासको मत लिन यसका कारण पनि सजिलो छैन।

हाम्रा दुईवटा छिमेकी मुलुकहरु ठिक एकअर्कामा विपरित राजनीतिक पद्धतिबाट राज्य संचालनमा रहेका कारण र नेपालको राजनीतिमा उनै छिमेकीको बढी प्रभाव हुने कारणले कुन बेला कुन शक्तिले बढी काम गर्छ भन्ने कुरा बुझ्न गाह्रो छ। प्रधानमन्त्रीलाई पदमा रहेको चाहने शक्ति हावी हुन्छ वा प्रधानमन्त्रीको विकल्प चाहने शक्ति हावी हुन्छ भन्ने अहिने नै स्पष्ट छैन।

तर जे होस हाम्रा राजनीतिक दल र दलका नेताहरु वा सरकार संचालन गर्ने प्रधानमन्त्री जतिसुकै राष्ट्रवादी देखिन खोजे पनि उनीहरुले शक्तिका लागि पर्दा पछाडि जे गरिरहेका छन् त्यसले उनीहरुको हैसियत प्रस्ट पारिरहेको छ। पर्दा पछाडि भइरहेका गतिविधि र शक्ति आर्जनका लागि भइरहेका घटनाक्रम हेर्दा राष्ट्रियताका लागि को कति पानीमाथि छ भन्ने सहजै थाहा पाउन सकिन्छ।

र, शक्तिको यो संघर्ष प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा पनि देखिनेछ। अहिलेसम्मका घटनाक्रममा हामीले राजनैतिक नेताहरुले शक्तिका लागि के–के गरेका छन् भन्ने देखेका छौं र आगामी दिनमा के हुन सक्छ भन्ने पनि पूर्वानुमान लगाउन सक्छौं। अहिले राजनीतिमा सबै दलका नेता आआफ्ना किसिमका इगो बोकेर बसेका छन्। माओवादी केन्द्रमा प्रचण्डको इगो यथावत छ।

एमालेमा माधव नेपाल समूहको इगो नै यथावत छ। त्यसमा पनि जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवको इगो झनै बल्झिएको छ। यसरी राजनीतिको विश्लेषण गर्दा र पर्दा पछाडिको रोडम्यापमा यिनीहरुको क्रियाकलापहरु बुझ्दा केपी शर्मा ओलीलाई विश्वासको मत लिन त्यति सजिलो छैन।

केपी शर्मा ओलीले जुन ढंगमा जसपालाई विभाजन गराउने र जसपाका सांसदलाई रिसोर्टमा लगेर राख्ने, माधव नेपाल समूहका सांसदलाई फकाइ फुल्याइ तानतुन गर्ने, यस्तै परे माओवादी केन्द्रका सांसदहरु प्रलोभनमा पार्ने र आफ्नो पक्षमा लिने यी सबै कुराहरु विश्वासको मतका लागि अहिले अगाडि चर्चामा रहेका छन्।

हाम्रा दुईवटा छिमेकी मुलुकहरु ठिक एकअर्कामा विपरित राजनीतिक पद्धतिबाट राज्य संचालनमा रहेका कारण र नेपालको राजनीतिमा उनै छिमेकीको बढी प्रभाव हुने कारणले कुन बेला कुन शक्तिले बढी काम गर्छ भन्ने कुरा बुझ्न गाह्रो छ। प्रधानमन्त्रीलाई पदमा रहेको चाहने शक्ति हावी हुन्छ वा प्रधानमन्त्रीको विकल्प चाहने शक्ति हावी हुन्छ भन्ने अहिने नै स्पष्ट छैन।

एकातिर प्रधानमन्त्रीलाई विश्वसको मत दिने विषयमा छलफल भइरहँदा अर्कोतिर नेताहरु एकअर्काका लागि छिर्के दाउमा देखिन्छन्। इगो उत्तिकै पालेर बसेका छन्। इगो हाम्रा राजनीतिक दल र नेताको मात्रै होइन, इगो पर्दा पछाडिका अन्तर्राष्ट्रिय शक्तिको पनि उत्तिकै होला।

त्यसो हुँदा नेपालको राजनीतिमा तत्काल निराकरण निस्किने अथवा अहिलेको समस्या सामसुम भएर शान्ति स्थापना हुने संभावना कम देखिन्छ। नेपालको राजनीतिमा धमिलो पानीमा माछा मार्ने शक्ति उद्यत देखिन्छ। अस्थिरता र विग्रहमा अप्रत्यक्ष शासन गर्न पाइने कुराले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको हानाथाप र त्यसको प्रभाव नेपाली राजनीति र राजनीतिक कार्यकर्तामा परेको देखिन्छ।

दुर्भाग्य हो नेपाली जनताले कोभिडको मारमा राज्य सरकारबाट राहत महसुस गर्न पाउनु भन्दा राजनीतिक दल र नेताको चमत्कार हेर्नु र दुःख पीडा रुँदै सहनु बाहेक नेपाली जनता सामु अर्को उपाय भएन।

यस्तो बेलामा नेपाली कांग्रेसले काग्रेस पदाधिकारीको बैठकको निर्णयको शक्ति लिएर सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई कोभिडको मारबाट बाहिर निकाल्न अन्तर्राट्रिय समुदायसँग हार गुहार गर्नु पर्ने हो।

यस्तो बेलामा एउटा ऐतिहासिक ठूलो प्रजातान्त्रिक शक्तिले जनताको विश्वास जित्ने काम गर्न र मुलुकको राजनीति दलदलबाट तथा कोभिडको मारबाट आम जनतालाई बाहिर निकाल्नु र निकास दिनु नेपाली कांग्रेसको कर्तव्य हो।

त्यसमा पनि आफ्नो संगठनलाई महाधिवेशनमा लगेर देशभरीका कार्यकर्ताको शक्ति दिन र संगठनलाई सशक्त बनाएर निर्वाचित सभापति पदाधिकारी, कार्यसमिति सहित आम निर्वाचनमा जान र देशलाई सशक्त प्रजातान्त्रिक सरकार दिन लालायित हुनुपर्ने नेपाली कांग्रेस यस्तो बेलामा टुलुटुलु हेर्नु नेपाली जनताका लागि अर्को दुर्भाग्य हो।

यो समग्र विश्लेषण र बुझाइबाट के देखिन्छ भने वर्तमान सरकारले आगामी संसदमा विश्वास प्राप्त गर्ने र राजनीति स्थायित्व र सरकारको निरन्तरता संभव देखिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *