साहित्य सन्ध्यामा समसामयिक रचना
काठमाडौं । साहित्य सन्ध्याको ४१७ औँ मासिक शृङ्खला आज समसामयिक विषयमा रचना वाचनसहित भर्चुअल सम्पन्न भयो ।
गेष्ठीमा प्राज्ञ लक्ष्मी माली, डा. खेमनाथ दाहाल, डा. कृष्ण सुवेदी, डा. भीम खतिवडा, राम विनय, विधान आचार्य, डिल्लीराज अर्याल, गायत्री लम्साल, डम्बर पहाडी, राममणि ढुङ्गेल, रश्मि रिमाल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, महेशराज खरेल, परशुराम पराशर, डा राजेन्द्रप्रसाद अधिकारी, गोविन्द वेदमणि, ललिता दोषी, तारक धिताल, डा बालचन्द्र मिश्र, विन्दु अधिकारी \ दुर्गा नेपालीले रचना प्रस्तुत गरे ।
यस्तै उमेश उपाध्याय, रमेश पाल्पाली, भक्ति घिमिरे, उर्मिला पन्त, सीताराम नेपाल, गोपाल बराल, चूडा निर्भीक, पुण्यप्रसाद खरेल, अनिता लामा, तिला लेकाली, इन्दिरा दाहाल, रत्न उप्रेती, भगतदास श्रेष्ठ, ओमप्रसाद कोइराला, स्नेह सायमि, खगेन्द्र दाहाल, गीता सापकोटा, गङ्गा पौडेल, विष्णुप्रभा उपाध्याय, गायत्री चापागाईँ, गोपाल मैनाली, प्रशान्त खरेल \ रमेश पोखरेलले रचना वाचन गरेका थिए ।
वाचित सिर्जनामाथि टिप्पणी गर्दै कवि जयन्ती स्पन्दनले कवितामा बोली र व्यवहारमा तालमेल नभइरहेको विद्यमान राजनीतिक स्थितिप्रति निन्दा गरिएको बताए । कोरोना महामारीपछि उक्त संस्थाले भर्चुअल कार्यक्रम गर्दै आएको छ । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment