बरालको उपन्यास ‘फिलिङ्गो’ चितवन साहित्य परिषदद्वारा पुरस्कृत

डिसी नेपाल
२५ असार २०७८ २१:५५

काठमाडौं । साहित्यकार प्रभा बरालको उपन्यास फिलिङ्गोलाई रू ५० हजार पैंतालीस रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

नियात्रा समाजकी महासचिव बराललाई चितवन साहित्य परिषदले २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारले उपन्यास फिलिङ्गोलाई उक्त राशि सहित सम्मान गर्ने भएको हो ।

अक्षर प्रकाशनद्वारा प्रकाशित सो उपन्यास जापानी र नेपाली परिवेशमा आधारित छ । पुँजीवादी अर्थव्यवस्था र पितृसत्तात्मक सामाजिक व्यवस्थामा महिलाहरू कसरी कसरी प्रताडित बन्छन् भन्ने तथ्य फिलिङ्गोको मुख्य विषयबस्तु रहेको छ । विभिन्न कारणले विदेशिनु परेका आप्रवासी नेपालीहरूको पिडाको चित्रण बरालको लेखनमा पाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *