एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन र महासचिवमा राजकुमार विजयी

डिसी नेपाल
२९ साउन २०७८ ३:४२

लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा भिमसेन थापा चुनिएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आईसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन्, उनी नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्षसमेत छन् ।


बुधबार राति घोषित नतिजाअनुसार, उनीहरुले आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले तथा उपाध्यक्षहरुमा उमेशकुमार खड्का र दिनेश भण्डारी निर्वाचित भएका छन् ।
सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सह–कोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । लेखा संयोजकमा विशाल आचार्य र युवा संयोजकमा प्रकाश अधिकारीलगायत कार्यसमितिका सदस्यहरु यसअघि नै निर्विरोध भएका थिए ।
१६८८ मतदाता रहेकोमा निर्वाचनमा जम्मा १ हजार ५ मत खसेको थियो ।

गणनापछिको अन्तिम नतिजाः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *