ग्लोबल नेपाली डायास्पोरामा एउटा भूलको लागि क्षमा याचना

डिसी नेपाल
९ असोज २०७८ ८:२१

महाकवि अलेक्जाण्डर पोपले एस्से अन क्रिटिसिजम भन्ने कृतिमा भनेका छन् –

भूलगर्नु भनेको मानवीय स्वभाव हो भने क्षमा गर्नु ईश्वरीय कर्म (To err is human, to forgive divine)।

अनेसास केन्द्रीय कमिटिले चलाएको शब्द सारथि भन्ने कार्यक्रमको भाग—४ मा दुई दिन अघि (यही २२ सितम्बरका दिन) मेरो प्रस्तुतिको पालो थियो। संयोजक साहित्यकार भाइ गोवर्धन पूजाले केहीदिन पहिल्यै एउटा फ्लायर बनाई टाँगेर केही विषय क्षेत्र पनि दिनु भएको थियो— जस्तै, डायास्पोरा के हो ? त्यसको सम्बन्धमा नेपाली डायास्पोरा के हो?

डायस्पोरिक साहित्य के हो? त्यसको सम्बन्धमा नेपाली डायास्पोरिक साहित्यका दृष्टान्तहरु के के होलान् आदि। यो मलाई आफूले धेरै अघिदेखि साधना गरेको विषय हो भन्ने लाग्दछ। मैले उत्तरआधुनिक ऐना प्रकाशनमा ल्याएका १६ वर्ष नाघे; त्यसदेखि मलाई डायास्पोरा समालोचना पुरस्कार प्रदान गर्ने यही अनेसास।

उहाँहरुको प्रेमले डोहोरिएर अमेरिका पुगेँ, सम्मेलनमा अतिथि भएँ, साहित्यमा डायस्पोरा सिद्धान्त र समालोचना शीर्षक कार्यपत्र प्रस्तुत गरेँ। यो त १४ वर्ष अघिको कुरा थियो। त्यसमा होमनाथ सुबेदी, गीता खत्री, भारती गौतम, गोवर्धन पूजा, पुरु सुबेदी, धेरै साहित्यकर्मी सँग भेट भयो। मेरा पुस्तकमा सबै कुरा आउँदैछ।

अस्तिको दिन बोल्ने क्रममा भाइ हरि गौतमको कोरोना बिमार र दिनभरिको अस्पतालको दौडधूप अनि चिन्ताले मलाई छोएकै थियो। त्यस माथि सदा नौ बजे निधाउने मान्छे दश बजिसकेको थियो। कहाँ कहाँबाट कति मुस्किलले जुटेर जुटाएर नेपाली साहित्यमा समर्पितहरुले गरेको कर्ममा जसरी पनि सहभागिता जनाउन मन लाग्छ र उपस्थित भएको थिएँ।

नेपाली साहित्यमा डायास्पोरिक लक्षणले युक्त कृतिहरुको दृष्टान्त दिँदा भारती गौतमको सद्य प्रकाशित एवम् पुरस्कृत कृति बिगत र बाडुलीलाई डायास्पोरिक राइटिङ होइन भनेँछु। हिजो मात्रै गोवर्धन भाइको रेकर्ड आएपछि फेरि सुनेँ— मलाई कुन भ्रान्तिले छोपेर वा विस्मृतिको खेलमा परी त्यो बोलेँछु भन्ने चिन्ता भयो र सम्पूर्णा स्रोता अनि विशेष गरी स्रस्टा दिदी समक्ष क्षमा याचना गर्दछु।

बोल्दै थिएँ, आनन्द आइरहेको थियो। सहभागीहरुमा पनि सुसूचित र विषयविज्ञ जन अथवा सम्वेदनशील भुक्तभोगी हुनुहुन्थ्यो । त्यसमा पनि तीक्ष्ण चेतनाका धनी भाइ ऋषि बस्ताकोटी थिए।

नेपाली साहित्यमा डायास्पोरिक लक्षणले युक्त कृतिहरुको दृष्टान्त दिँदा भारती गौतमको सद्य प्रकाशित एवम् पुरस्कृत कृति बिगत र बाडुलीलाई डायास्पोरिक राइटिङ होइन भनेँछु। हिजो मात्रै गोवर्धन भाइको रेकर्ड आएपछि फेरि सुनेँ— मलाई कुन भ्रान्तिले छोपेर वा विस्मृतिको खेलमा परी त्यो बोलेँछु भन्ने चिन्ता भयो र सम्पूर्णा स्रोता अनि विशेष गरी स्रस्टा दिदी समक्ष क्षमा याचना गर्दछु।

विगत र बाडुलि प्रकाशन पूर्व पनि पढेको। प्रकाशन पश्चात् विमोचनकालमा पनि। पुरस्कृत भएपछि पनि । तत्कालै धरानका प्राज्ञिक वर्गको योगदान JODEM  तथा दृष्टिकोण नामक दुईवटा रेफरिड जर्नलको लागि लेखिएका दुईदुईवटा रिसर्च आर्टिकल आएका थिए, अंग्रेजीमा।

बिगत रबाडुलीभित्रका “डायास्पोरिक इलेमेन्ट” विषयका गहिरा अध्ययन। ती बेनामी अध्ययन दुवैको सार थियो विगत र बाडुलीमा गहिरो गरी डायास्पोरिक चेतना छ; त्यो पढेर प्रशंसा गर्दै गोप्य प्रतिवेदन पठाएँ । अहिले छापिए होला।

विगत र बाडुली कृतिमा द्वैध चेतनाले दोहोरा सम्झनाले बेला बेलै स्रस्टालाई निसास पारेको देखिन्छ। शरीर उता छ मन अन्यत्र। खासगरी छुटेको मूल भूमिका अतीतमा, तिनको स्मृतिमा। यता स्वजनहरु निरन्तर बिदा हुँदै जानु, साथीभाइ आफ्नो परिचित परिस्थिति मेटिँदै जानु, आफूलाई एकपल्ट फर्किन कति समयदेखि चाँजो मिलाउँदा पनि नमिल्नु, उता छोरा छोरी नवीन संस्कृतिसँग रसाउँदै जानु।

यो द्वन्द्व यो अनिर्णय म फर्किन्छु र त्यही अतीत भेट्टाउँछु भन्ने भ्रान्ति, त्यो अतीत बोकेको मातृभूमि बिरानु हुँदै जानु र अर्कै नवीन ठाउँमा मन रसाउनु पर्ने बाध्यताको परिस्थिति भोग्नु— यही हो डायास्पोराको द्वैधता र अनिर्णयको जिन्दगी एक विभंजित मानसिकता। पढदा डायास्पोरा साहित्यका सम्पूर्ण गुणले युक्त यो सुन्दर संस्मरणात्मक निबन्धहरूको संकलनले कसलाई छुँदैन मलाई झैँ।

उहाँको अघिल्लो मास्टरपीस अमेरिकामा आमा त्यो संस्मरणात्मक उपन्यास ३० वर्ष लामो द्वैध स्थिति खेपेर बसेको जीवनकथा कस्तो हृदयस्पर्शी छ। अमेरिकामा कसरी नेपाली डायास्पोरा समाज निर्माणह हुँदैछ भन्ने प्रमाण होमनाथ सुबेदीको यमपुरीको महल र भारती गौतमको अमेरिकामा आमा ।

यसपालि विगत र बाडुली थपिएको छ। झुम्पा लाहिरी, कमिला शमिज, किरण देशाईको पनि यस्तै हो डायास्पोरिक राइटिङ; फरक उनीहरु अंग्रेजीमा छन्। यो विगत र बाडुलीलाई पनि अंग्रेजीमा लाने हो भने विश्वले डायास्पोरिक नेपाली राइटिङको पनि शक्ति थाहा पाउँथ्यो होला।

यो त तिनको उत्कर्ष स्थिति हो र कसरी पहिलो पुस्ता क्रमश बिगलित हुन थाल्छ । कसरी दोस्रो पुस्ता नवीन संस्कृतिमै रसाउन थाल्छ भन्ने प्रमाण । क्यानाडेली भारतीयको डेढ सय वर्ष पुरानो साहित्य कस्तो बन्दैछ भन्ने बिषयको कृति पी उमामहेस्वरनको राइटिङ्ग द डायास्पोरासँग यसको तुलना गरी पढौं।

यो मास्टरपीसको बारेको अस्तिको प्रवचनमा भ्रामक विचार उत्पन्न भएकोमा त्यो विषम परिस्थिलाई दोष दिन चाहन्छु। त्यो मेरो भनाइ अस्वीकृत गरिदिनु होला भन्दै फेरि मेरा सबै पाठक, स्रोता अथवा ईस्वरसित क्षमा याचना गर्दछु विगत र बडुलीलाई अर्कै आसनमा सजाउँछु । धन्यवाद।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *