शुक्रबारे गन्थन लोकार्पण

डिसी नेपाल
२६ पुष २०७८ २१:१७

क्यालिफोर्निया । बिकल्प फाउन्डेसन र प्रोजेक्ट इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा प्रमोद अमात्यको ‘शुक्रबारे गन्थन’ पुस्तकको एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।

बिकल्प फाउन्डेसनका निर्मल फुँयाल, कवि स्वस्तिका स्वस्ति र साहित्यकार डा. टीका लम्सालले ‘शुक्रबारे गन्थन’ गन्थनमात्र नभएर मन्थन र चिन्तन पनि भएको विचार राखेकी थिइन् । कार्यक्रम ग्युटो फाउन्डेसन गुम्बा (बौद्ध मन्दिर)को शान्त र सौम्य सामुदायिक सभाकक्षमा सामाजिक दूरीको ख्याल राख्दै संचालन गरिएको थियो ।

किताबका लेखक प्रमोद अमात्यले पुस्तकको गर्भ कथा हँसिलो रसिलो शैलीमा सुनाएका थिए । साथै, कवि स्वस्तिका स्वस्तिले पुस्तकका विभिन्न रोचक पङ्तिहरू पढेर पनि सुनाएका थिए।

कार्यक्रमको दोस्रो चरणमा अति रोचक, नयाँ पुस्ताका युवा कविहरूको स्लाम कविता वाचन (स्टान्डिङ पोइट्री रिसाइटेसन) गरिएको थियो । आधुनिक शैलीका सशक्त कविता र कविता वाचनले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको थियो ।

थप आकर्षणका रूपमा निता आचार्यले टीका कुमार पुनको शब्द र बिबि अनुरागीको ताजा गीत सुनाएर मनोरञ्जन प्रदान गर्नु थियो ।

शुक्रबारे गन्थन बिएन पुस्तक संसारले प्रकाशन गरेको हो भने यसमा सम्पादन विमल भौकाजीको रहेको छ । पुस्तक नेपाल, अमेरिका र क्यानाडामा उपलब्ध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *