हिमपातका कारण उपल्लो डोल्पामा पशु चौपायालाई आहाराको समस्या

डिसी नेपाल
१० माघ २०७८ १०:३६
32
Shares

काठमाडौं। भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएको छ । लगातारको हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा र लुलुगाईलाई आहारा खुवाउनसमेत मुस्किल भएको हो ।

बाटो हिउँले पुरिएपछि चरिचरन क्षेत्रमा लैजान सकिएको छैन । पाटन क्षेत्र हिउँले ढाक्दा पशुलाई आहारा खुवाउन समस्या भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए । उवा र गहुँको पराल पर्याप्त नहुँदा झन समस्या परेको छ ।

स्थानीय आफैँले खानाका लागि अन्न पर्याप्त नभएको समयमा पशुलाई कसरी दिनु अध्यक्ष गुरुङले भने,‘१५ हजार रुपैयाँ तिर्दासम्म पनि १ क्वीन्टल चालम पाइँदैन , अन्य अन्नको कुरा छोड्नु न ?’

उनले अहिले हिउँले घाँस ढाकिएकाले पशुको पेट भर्न नसकिएको बताए । लगातारको हिमपातका कारण पशु व्यवसाय संकटमा परेको तिन्जेका स्थानीयबासी सोनाम मिङगजम गुरुङले बताए ।

उनले हिउँले घाँस पुरिएपछि मानिसका लागि साँचिएको आहारा पनि कुँडो बनाएर पशुभाउलाई खुवाउने गरिएको बताए । ‘मानिसका लागि जम्मा गरिएको अन्न अहिले पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘केही दिन अझै हिउँ परिरह्यो भने चौपाया भोकभोकै मर्नुपर्ने अवस्था आउँछ।’

उपल्लो डोल्पामा अन्न कम उत्पादन हुन्छ। भारी हिमपातका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षदेखि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गरेको छैन । स्थानीय उत्पादनले समेत नपुग्ने बताउदै सिमेनका तिन्ले लुन्दुपले राज्यले उपल्लो डोल्पाका सर्वसाधारणलाइ नागरिक नै नमानेके बताए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *