निबर्तमान उपकुलपती प्राडा. संगीता भण्डारीको बिदाई, नब नियुक्त उपकुलपतिलाई स्वागत !

डिसी नेपाल
२२ फागुन २०७८ १७:०६

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निबर्तमान तथा सस्थापक उपकुलपती प्राडा. संगीता भण्डारीलाई आज प्रतिष्ठानमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ। प्रतिष्ठानका नब नियुक्त उपकुलपती डा. बिकास लामीछाने, शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एञ्जिलिका कार्कीले टिका, खादा लगाई मायाको चिनो प्रदान गरेर निबर्तमान उपकुलपती डा. भण्डारिलाई बिदाई गरेका छन् । प्रतिष्ठानका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मिसहित नर्शहरुले पनि उनीहरुलाई सामुहिकरुपमा बिदाई गरेका हुन । सो अवसरमा बोल्दै उपकुलपती बिदाई हुनु भएकि डा. भण्डारीले प्रतिष्ठानलाई यहाँसम्म ल्याउन सहयोग गर्ने नागरिक समाज, राजनितिक दल, उद्योगि, ब्यबसायी, पत्रकार, बुद्धिजिबिसहित अस्पतालका चिकित्सक, नर्श, कर्मचारी लगायत सबैलाई धन्यवाद दिदै प्रतिष्ठानका नब नियुक्त उपकुलपती डा. लामीछानेलाई सहयोग गरेर प्रतिष्ठानलाई अघि बढाउन आग्रह गरेकि छिन् । उनले दाङमा रहेर प्रतिष्ठानको जिम्मेवारीमा बसेर काम गर्दा धेरै चुनौतीसंगै बिभीन्न आरोह, अबरोहका बाबजुद प्रतिष्ठानलाई अघि बढाउन सफल भएको चर्चा गर्दै आउदा दिनमा आफ्नो तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । नेतृत्वमा आउने.जाने प्रकृया चलिरहने भएकाले सस्थाको बलियो फाउण्डेसन निर्माण गर्न पाँउदा आफुले गौरबको महसुस गरेको र यसलाई थप अघि बढाउने र दङ्गालिलाई औषधि उपचारका लागि बाहिर जान नपर्ने गरि प्रतिष्ठानलाई बिकास गर्ने जिम्मेवारी नब नियुक्त उपकुलपति लामीछानेलाई आइपुगेको उनले बताईन् । त्यस्तै शिक्षाध्यक्ष डा. बसन्त लामीछानेले सुरुवाती चरणमा प्रतिष्ठानको जग बसाल्न र अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन खरोरुपमा उत्रने निबर्तमान उपकुलपति भण्डारीको कार्यशैली राम्रो रहेको भन्दै त्यस्तै खालको इच्छाशक्ति र दृढतासहित प्रतिष्ठानको नयाँ नेतृत्व अघि बढ्नु पर्ने बताए ।भण्डारी संगै काम गर्दा धेरै कुरा सिक्न पाएको चर्चा गर्दै डा.लामीछानेले काममा खरोरुपमा उत्रने स्वभाबले केहिलाई अप्ठेरो भएको जस्तो भएपनि सस्थालाई अघि बढाउन काम गरेको बताए । बिदाईको मन्तब्य ब्यक्त गर्नेक्रममा लामो समय काम गरेका कारण डा.लामीछानेको आँखा रसायपछि बिदाई गर्न उपस्थित भएका धेरैको आँखा आँसु आएका थिए । त्यस अवसरमा बोल्दै नब नियुक्त उपकुलपती डा. बिकास लामीछानेले निबर्तमान उपकुलपती प्राडा संगीता भण्डारी बोल्ड महिलाकोरुपमा आफुले लिएको भन्दै सुरुवाती चरणमा बिभिन्न चुनौती पार गर्दै सस्थालाई यहासम्म ल्याउन भुमिका खेलेकोमा धन्यवाद दिए । संस्थालाई अघि बढाउने सन्दर्भमा भण्डारिका सल्लाह, सुझाब, सहकार्यबाट नै अघि वढ्ने भन्दै प्रतिष्ठानको समग्र बिकासको सन्दर्भमा उहाँको कार्यकालमा ग्राभेल भएको र पिच गर्ने जिम्मा आफुहरु सबैकोमा आएको उनले उल्लेख गरे । बिदाइ कार्यक्रमको सन्चालन अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेतले गरेकि थिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *