नेपाल एयरलाइन्सको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

डिसी नेपाल
१५ वैशाख २०७९ १९:१४

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० ले बिहीबार ५ः५५ मिनेटमा अवतरण गरेको हो ।

उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *