त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीको अग्रता पछ्याउँदै कांग्रेस

डिसी नेपाल
१२ जेठ २०७९ १२:११

काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले अग्रता लिएका छन्।उनलाई नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले पछ्याइरहेका छन्।सुरुवाती चरणमा बस्नेतले अग्रता लिएपनि हाल १०,५१४ गणनाको मत परिणाममा बस्नेत १४८ मतले पछि परेका छन्।

हाल चौधरीले ३४७३ मत प्राप्त गरेका छन्।बस्नेतले ३३२४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार भागवत राउत भने २३६१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरेका छन्।

उपमेयरमा भने कांग्रेसकी उम्मेदवार अग्रस्थानमा रहेकी छिन्। कांग्रेसकी सरिता राईले ३०४२ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रकी गीता खड्का कार्कीले २८५७ मतका साथ दोस्रो स्थानमा र एमालेकी महेश्वरी राईले २६१२ मतका साथ तेस्रो स्थानमा रहेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *