त्रियुगामा नगरपालिकामा फेरि कांग्रेसको अग्रता
काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा पुनःनेपाली कांग्रेसले अग्रता लिएको छ।हालसम्म कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३६७६ मत सहित नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीलाई पछि पारेका हुन्।
चौधरीले ३६५९ मत प्राप्त गरेका छन्।सुरुवाती गणनामा बसन्तले अग्रता लिएपनि केही समय अगाडि चौधरीले अग्रता लिएका छन्।यहाँ बस्नेत र चौधरीबीच नै तीब्र प्रतिस्पर्धा हुने अनुमान लगाउन थालिएको छ।
नेकपा एमालेका उम्मेदवार भागवत राउत भने २६८४ मत सहित तेस्रो स्थानमा रहेका छन्। त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। कांग्रेस र एमाले भने एक्लै प्रतिस्पर्धामा होमिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment