सुत्केरी गराउँदा डाक्टरले बच्चाको घाँटी छिनाइदिए, टाउको गर्भमै छोडेर शरीर मात्र बाहिर निकाले

डिसी नेपाल
७ असार २०७९ १५:३८

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकीय लापरवाहीको गम्भीर घटना बाहिर आएको छ । प्रदेशको एक ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले सुत्केरी गराउने क्रममा बच्चाको टाउको काटेर गर्भमै छोडिदिएका छन् । त्यसपछि ३२ वर्षीया हिन्दू महिलाको ज्यान निकै मिस्किलले जोगिएको छ ।

सिन्ध सरकारले यस घटनामा कडाई देखाउँदै घटनाको तहसम्म पुग्न मेडिकल इन्क्वायरी बोर्ड गठन गरेको छ। जामशोरो सहरको लियाकत युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज (LUMHS) को स्त्री रोग एकाइका प्रमुख राहिल सिकन्दरले भने, “भिल समुदायकी हिन्दू महिला थारपार्कर जिल्लाको दुर्गम गाउँकी हुन्। उनी आफ्नो इलाकाको ग्रामीण स्वास्थ्य केन्द्रमा गएकी थिइन् तर त्यहाँ स्त्री रोग विशेषज्ञ उपलब्ध थिएनन् । अनुभवहीन कर्मचारीको लापरवाहीले महिलालाई धेरै नोक्सान पुर्याएको छ ।’

पाकिस्तानी अखबार डनका अनुसार आइतबार गरिएको शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको गर्भमा रहेको शिशुको टाउको काटेर पाठेघरभित्रै छोडेको उनले बताए । महिलाको अवस्था आफैं बिग्रन थालेपछि र ज्यान जाने खतरा बढ्दै गएपछि उपचारको सुविधा नभएको मिठी शहर नजिकैको अस्पतालमा लगिएको थियो । अन्ततः महिलालाई पछि LUMHS लगियो जहाँ आमाको गर्भबाट नवजात शिशुको टाउको निकालेर आमाको ज्यान जोगियो ।

बच्चाको टाउको भित्रै अड्किएको र आमाको पाठेघर फुटेको डा. सिकन्दरले बताए । आमाको ज्यान जोगाउन उनको पेट शल्यक्रिया गरेर खोलेर बच्चाको टाउको निकाल्नुपरेको थियो । यो भयानक गल्तीलाई लिएर सिन्ध स्वास्थ्य सेवाका महानिर्देशक डा. जुमन बाहोतोले यस विषयमा छुट्टै छानबिन गर्न आदेश दिएका छन् ।

उनले भने, ‘सबै कुरा के हो छानबिन समितिले पत्ता लगाउनेछ । ग्रामीण स्वास्थ्य केन्द्रमा स्त्री रोग विशेषज्ञ र महिला कर्मचारी नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ । स्ट्रेचरमा पीडाले कराउँदै गर्दा महिलाको तस्बिर खिचिएको भनिएको प्रतिवेदनलाई पनि छानबिन समितिले हेर्ने छ ।’

डा जुमनले भने, ‘केही कर्मचारीले स्त्री रोग वार्डमा रहेका महिलाको मोबाइलमा फोटो खिचेर विभिन्न ह्वाट्सएप ग्रुपमा सेयर गरेका थिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *