एमाले उपाध्यक्ष पौडेलले भने-यम वुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य छ

डिसी नेपाल
३० असार २०७९ १२:३५
32
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन्।

यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन्। प्रमुख शाहले काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धका शालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए। शालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो।

शालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए। शालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरुले पनि आलोचना गरेका थिए।

तर बुधबार प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार दिएपछि उपाध्यक्ष पौडेलले शालिक बनाउने निर्णयाको स्वागत गरेका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *