आमनिर्वाचनमा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्रीद्वारा प्रहरीको प्रशंसा

डिसी नेपाल
१८ मंसिर २०७९ १७:४७

काठमाडौं । आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् ।

आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए ।

उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले धन्यवादसमेत दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *