मञ्चनको तयारीमा नाटक ‘त्रयम्’

डिसी नेपाल
९ जेठ २०८० २२:३८

काठमाडौँ । काठमाडौँमा एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा रहेको छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एक अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।

नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक जेठ १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौसी थिएटरमा २८ गतेसम्म मञ्चन हुँदैछ । नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

“लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ । नाटकमा उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ”, निर्देशक रानाभाटले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *