सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार वितरण
काठमाडौं। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सव पारेर विभिन्न श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
हालै आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रका साथ ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरे। उनलाई सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रुपमा रहेर सेवासँगै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए।
कार्यक्रममा ‘सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०’बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०’बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षत्री र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०’ बाट अभिनेत्री सुष्मा शाही पुरस्कृत भए।
उनीहरुले जनही ५१ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे। वर्षको ‘सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८०’ नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो।
सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment