साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। आज नेपाल र पाकिस्तानबीचमा प्रतिस्पर्धा हुँदैछ। भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तानबीचमा प्रतिस्पर्धा हुन लागेको हो।
अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। साे खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेवाट सुरु हुनेछ।
साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन्। समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानवाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हाे। दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन्।
जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment