विजेता खेलाडीलाई सम्मान

डिसी नेपाल
१३ असार २०८० ७:०४
24
Shares

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु-१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा रु एक लाख पाँच हजारसहित सम्मान गरेको हो।

सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा र प्रशिक्षक सुमन तिलिजा पुन तथा व्यवस्थापक बिसन राना रहेका छन्।

उनीहरूलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गरेका हुन्।

यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो। विजेता खेलाडीले रु एक लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *