नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य
काठमाडौँ। एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो। नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए।
त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे। थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया र थाइल्यन्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन्। थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो थाइल्यान्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment