नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लियो
काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लिएको छ। नेपालले ३५ ओभरमा दिएको २५३ रनको विशाल लक्ष्य पच्छ्याएको मलेसियाको इनिङ पहिलो ओभरमै भत्किन सुरु भएको हो।
नेपालका लागि पहिलो ओभर बलिङ गरेका अभिषेक तिवारीले पहिलो बलमै मुहम्मद अस्याकललाई बोल्ड गरे। सोही ओभरको पाँचौं बलमा हम्जा पाङ्गीलाई पनि बोल्ड गरे।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै घरेलु टोली मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको थियो । नरेन भट्टको शतक मद्दतमा नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको हो । नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा नटआउट ११२ रन बनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment