टाइब्रेकरमा नेपालले बंगलादेशलाई हरायो
काठमाडौं । दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई हराएको छ । आईतबार भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग एक एक गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिईन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment