खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्रा भण्डारीको बिदाइ (फोटो फिचर)
काठमाडौं। व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् ।
इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो ।
सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment