झापामा प्रदेशस्तरीय फुटबलको तयारी अन्तिम चरणमा

डिसी नेपाल
५ साउन २०८० ७:०९
96
Shares

झापा। दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

यही साउन ७ गतेदेखि दमक-९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए।

प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ। प्रतियोगितामा २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन्।

न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुले सहभागिता जनाउने छन्।

दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिन लागेको उनले बताए। उनका अनुसार विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो। कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ। त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *