गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्

डिसी नेपाल
८ साउन २०८० १५:१९
1.1k
Shares

काठमाडौँ। नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन्। जापानको फुकुओकामा जारी रहेको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन्।

उनले  निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन्। कुल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन्। यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो।

उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *