एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टिम घोषणा

डिसी नेपाल
१२ साउन २०८० १६:४३
3.3k
Shares

काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीकाे नाम पठाएको छ ।

घोषणा भएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गरेका छन् । विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

नेपाली टोलीमा ओडिआईका नियमित सदस्य रहेका तीन जनालाई भने विश्राम दिएको छ । विश्राम पाउने तीन खेलाडीमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की रहेका छन् ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *