क्रिकेट खेलका लागि बेलायत धार्मिकस्थल : ज्ञानेन्द्र मल्ल

डिसी नेपाल
२५ साउन २०८० १७:३१
700
Shares

अल्डरशट । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत धार्मिकस्थल भएको बताएका छन्। गैरआवासीय नेपाली संघ युकेद्धारा बुधबार अल्डरशटमा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वजगतले बेलायतलाई मक्का मदिना र पशुपतिनाथ जस्तै धार्मिक स्थलको रुपमा हेर्ने गरेको बताए।

अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएर बेलायत आएका मल्लले बेलायती स्थित नेपाली समुदायको नयाँ पुस्ताले क्रिकेट खेलप्रति देखाएको आकर्षण र उनीहरुले लगावले आफूलाई थप हौसाल मिलेको बताए। उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिए पनि बाँकी जीवन नेपाली किक्रेटको विकासको लागि सर्मपण गर्ने प्रतिबद्धता जनाए।

मल्लले बेलायतस्थित लर्ड किक्रेट मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नको लागि आवश्यक पहलकदमी लिन एनआरएनए युकेलाई आग्रहसमेत गरे। उनी गत सोमबार बेलायतको मिडल्यान्डमा बर्सेनि हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा  सहभागी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *