आज नेपाल र मलेसियाबीचको खेल हुँदै
काठमाडौं। महिला टि-२० क्रिकेटमा आज नेपाल र मलेसियाबीचको खेल हुँदैछ। खेल मलेसियाको वायुमास ओभल मैदानमा नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।
नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।
त्यसैगरी मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो। आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment