उपाधिका लागि नेपालले हङकङसँग खेल्ने

डिसी नेपाल
८ भदौ २०८० १६:५७

काठमाडौं । चारदेशीय टी–२० महिला क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ । मलेसियामा जारी शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको हो ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भएर पनि नेपालले उपाधि भिडन्त पक्का गरेको हो । रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै नेपालले उपाधिको यात्रा सुरक्षित गरेको हो ।

तीन खेलबाट समान चार अंक जोडे पनि नेपाल शीर्ष, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे । पुछारको कुवेत भने अंकविहीन रह्यो ।

शुक्रबार नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६।२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । वर्षाका कारण खेल १८ ओभरमा घटाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *