विश्व कुश्ती च्याम्पियनशिपमा भारतीय खेलाडीहरू आफ्नो राष्ट्रिय झण्डामुनि खेल्न नपाउने
काठमाडौं । आगामी विश्व कुश्ती च्याम्पियनशिपमा भारतीय खेलाडीहरू आफ्नो राष्ट्रिय झण्डामुनि खेल्न नपाउने भएका छन् । कुश्ती नियामक निकाय युनाइटेड वर्ल्ड रेस्लिङले भारतीय कुश्ती महासंघलाई निलम्बन गरेका कारण भारतीय खेलाडीहरू राष्ट्रिय झण्डामुनि खेल्न नपाउने भएका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कुश्ती महासंघमा चुनाव नभएका कारण यो निर्णय लिइएको हो । भारतीय कुश्ती महासंघको निलम्बनपछि भारतीय पहलवानहरूले आगामी विश्व च्याम्पियनसिपमा भारतीय झण्डामुनि प्रतिस्पर्धा गर्न नपाउने पीटीआईले लेखेको छ।
पहलवानहरूले अब सेप्टेम्बर १६ मा सुरु हुने ओलम्पिक छनोट विश्व च्याम्पियनसिपमा “तटस्थ खेलाडी” को रूपमा भाग लिनेछन्। यस वर्षको सुरुमा रेस्लिङ संघका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध पहलवानहरूले विरोध गरेका थिए र उनीमाथि यौन उत्पीडनको आरोप लगाएका थिए।
यी आरोपपछि भारतको कुश्ती महासंघमा अहिलेसम्म चुनाव हुन सकेको छैन । नियम अनुसार यी निर्वाचनहरू जुन २०२३ सम्म गरिसक्नुपर्ने थियो ।
बृजभूषण शरण सिंहलाई फेब्रुअरीदेखि यस पदबाट हटाइएको छ। उनको कार्यकाल पनि मेमा सकिएको छ । तर यसपछि पनि कुस्ती महासंघमा चुनाव हुन सकेको छैन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment