क्रिकेट विश्वकपअघि अनलाइन सट्टेबाजीमा कडाइ, मिडिया हाउसलाई यस्तो निर्देशन

डिसी नेपाल
९ भदौ २०८० १०:२३

काठमाडौं । भारतको केन्द्र सरकारले मिडिया संगठनहरूलाई अनलाइन सट्टेबाजी प्लेटफर्मको विज्ञापन प्रकाशित नगर्न वा नदेखाउन निर्देशन दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्र सरकारले शुक्रबार यो आदेश जारी गरेको हो ।

सूचना तथा प्रसारण मन्त्रालयले पत्रपत्रिका, टेलिभिजन च्यानल, डिजिटल मिडिया, सामाजिक सञ्जाललाई कुनै पनि रुपमा सट्टेबाजी र जुवा खेल्ने मञ्चको विज्ञापन/प्रवर्द्धन नगर्न निर्देशन दिएको छ ।

पालना नगरे उपयुक्त कारबाही गरिने आदेशमा भनिएको छ ।

कुनै पनि ठूला खेलकुद, विशेषगरी क्रिकेटको समयमा यस्ता सट्टेबाजी र जुवा खेल्ने मञ्चलाई प्रवद्र्धन गर्ने प्रवृति रहेको उनीहरुले फेला पारेको मन्त्रालयको भनाइ छ र अबको केही दिनमा यस्तै एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुन लागेको छ ।

मुलुकमा विश्वकप क्रिकेट आयोजना हुन लागेको अवस्थामा मन्त्रालयको यो निर्देशन आएको हो ।

मन्त्रालयले आफ्नो आदेशमा यो प्रणालीको मनी लान्ड्रिङ नेटवर्कसँग सम्बन्ध रहेको र यसले देशको आर्थिक सुरक्षामा खतरा हुने समेत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *