केएल राहुलले एसिया कपमा नेपालविरुद्धको खेल खेल्न नसक्ने

डिसी नेपाल
१३ भदौ २०८० ११:१९

काठमाडौं । बीसीसीआईले ओपनर केएल राहुलले एसिया कपमा भारतको पहिलो दुई खेल नखेल्ने जानकारी दिएको छ ।

टीम इन्डियाका प्रशिक्षक राहुल द्रविडलाई उद्धृत गर्दै बीसीसीआईले आईपीएलमा चोट लागेर टोलीबाट बाहिर रहेका केएल राहुलको बारेमा जानकारी दिएको हो ।

भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । त्यसपछि सोमबार नेपालले भारतीय टोलीको सामना गर्नेछ ।

यसमा थपिएको छ, “केएल राहुल राम्रोसँग निको भैरहेका छन् तर एशिया कप २०२३ मा भारतको पहिलो दुई खेलका लागि उपलब्ध हुनेछैनन्, जुन पाकिस्तान र नेपाल विरुद्ध हुनेछ।”

एसिया कप २०२३ प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यसका खेलहरू पाकिस्तान र श्रीलंकामा हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *