एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

डिसी नेपाल
१३ भदौ २०८० १३:३८

काठमाडौं । क्रिकेट एसिया कप आज (बुधबार) देखि सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुनेछ ।

यसैबीच बुधबार बिहान बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कप खेल्न नसक्ने खबर आएको छ ।

लिटनको स्वास्थ्य खराब छ र उनी अझै ज्वरोसँग लडिरहेका छन् । जसका कारण उनी पहिलो खेल खेल्न श्रीलंका जान पनि पाएनन् ।

लिटनको स्थानमा अब अनामुल हक विजोयलाई टोलीमा समावेश गरिएको छ ।

विजोयले ४४ एकदिवसीय खेलमा १२५४ रन बनाएका छन् । यसमा तीन शतक पनि पर्छन् ।

बंगलादेशको एसिया कपको पहिलो खेल श्रीलंकासँग ३१ अगस्टमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *