क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जित्यो

डिसी नेपाल
२७ माघ २०८० १६:३९
124
Shares

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ। शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो। तीन खेलको सिरिजमा यसअघि नेपालले क्यानडालाई ७ रनले हराएको थियो।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छदैँ ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि तीन खेलाडीले अर्धसतक बनाए। ओपनर अनिल शाहले १९ बलमा अर्धसतक पुरा गर्दै नेपालका लागि ओडिआईमा सर्वाधिक छिटो अर्धसतक बनाउने खेलाडी बने। उनी २० बलमा ५० रन बनाएर आउट भए। यस्तै कप्तान रोहित पौडेलले १०१ बलमा ८७ तथा देव खनालले ८१ बलमा ७६ रन बनाए। भीम शार्कीले २३, पवन शर्राफले १४ तथा आसिफ शेखले १० रन बनाए। क्यानडाका हर्ष ठाकेर र इसरजित सोहीले समान २/२ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएकाे थियाे।

क्यानडाका लागि आरोन जोनसोनले सर्वाधिक ६० रन बनाए । ६२ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे। यस्तै नवनित धलिवाल ४६, श्रेयस मोभा ४०, प्रगत सिंह ३८ रनमा आउट भए । नेपालका रोहित पौडेल र कुशल मल्ले समान २/२ विकेट लिए। यस्तै आकाश चन्द, सोमपाल कामी, सुर्य तामाङ र पवन सर्राफले समान एक एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *