केपी ओली कप : राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल हुँदै
काठमाडौं। फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कप फुटबलको पूर्वसन्ध्यामा राष्ट्रिय युवासंघको आयोजनामा सोमबार कलाकार भर्सेज राजनीतिज्ञबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मैत्रीपूर्ण खेलमा राष्ट्रिय कलाकार र राजनीतिज्ञ सहभागी हुने राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार मैत्रीपूर्ण खेलमा नेपाली कांग्रेसका एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत सहभागी हुनेछन्। यसैगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी उपमहासचिव शक्ति बस्नेत लगायत सहभागी हुने छन्।
मैत्रीपूर्ण खेलका लागि सबै दलका नेतालाई आमन्त्रित गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।
मैत्रीपूर्ण खेलमा कलाकारबाट धिरेन शाक्य, बद्रि पंगेनी, हरि डाँगी, राजु ढकाल, सलोन बस्नेत, आकाश श्रेष्ठ, जुना कार्की, उषा सुवेदी, सागर लम्साल ‘बले’ जितु नेपाल, शम्भुजित बास्कोटालगायत सहभागी हुनेछन्।

केपी ओली कप खेलको सेमिफाइनल र फाइन लेख दशरथ रंगशालामा हुने हुनेछ। खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट गरिने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment