अनिल साहको अर्धशतक

डिसी नेपाल
२९ माघ २०८० १४:२२

काठमाडौं । क्यानडाविरुद्ध जारी एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ब्याटर अनिल साहले अर्धशतक बनाएका छन् । ओपनर साहले ५१ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ८ वटा चौका प्रहार गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको छ । लक्ष्य पच्छ्याएको नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा ८३ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *