१८ ओभरमा नेपालको सय रन पूरा
काठमाडौं । क्यानडाविरुद्ध जारी एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले १०० रन पूरा गरेको छ । नेपालले १८ ओभरमा १ विकेटको क्षतिमा १०० र पूरा गरेको हो ।
यस क्रममा नेपालले कुशल भुर्तेललाई गुमायो । उनी १३ रन बनाएर आउट भए । अहिले अनिल साह ६० बलमा ५६ रन र भिम सार्की ३४ बलमा २५ रन बनाएर खेलिरहेका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियो ।
प्रतिक्रिया
Facebook Comment