एसीसी वुमन्स प्रिमियर कप: नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाडौं। एसीसी वुमन्स प्रिमियर कपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो।
प्रतियोगितामा १६ सहभागी टोली चार समूहमा छन्। हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।
लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले हराएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment