नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, शीर्ष चार ब्याटर आउट
काठमाडौं। नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ।
आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।
नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन्। यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए।
यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment