टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

डिसी नेपाल
४ फागुन २०८० ६:४७
48
Shares

काठमाडौं। आगामी जुनमा हुने टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी-२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन्।

जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप खेल्ने बताएका हुन्।

मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाए पछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई दिएको थियो। त्यसबेलादेखि रोहितको टी-२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिक टी-२० विश्वकप २०२२ देखि राष्ट्रिय टी-२० टिमको कप्तानी गर्दै आएका थिए।

जनवरीमा अफगानिस्तानविरुद्धको घरेलु टी-२० सिरिजका लागि रोहितलाई पुन: टी-२० कप्तान बनाइएको थियो। चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन्।

गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएल अघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *