वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

डिसी नेपाल
१० फागुन २०८० ७:१२
76
Shares

काठमाडौं। नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैछ।

यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुँदैछ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

समूह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुँदैछ। यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन्। नेपाल रहेको समूह बी मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *