मोहम्मद शमी आइपीएलबाट बाहिरिए, टि-२० विश्वकप पनि नखेल्ने

डिसी नेपाल
१० फागुन २०८० १६:४४

काठमाडौं । भारतका स्टार फास्ट बलर मोहम्मद शमी आइपीएलबाट बाहिरिएका छन् । उनको देब्रे खुट्टामा चोट लागेको छ । यसका लागि शमीलाई बेलायतमा शल्यक्रिया गर्नुपर्नेछ । बीसीसीआई स्रोतले समाचार एजेन्सी पीटीआईलाई यो जानकारी दिएको हो ।

३३ वर्षीय शमी इङ्ल्यान्ड विरुद्ध चलिरहेको टेस्ट शृङ्खलाको हिस्सा छैनन्, उनले पछिल्लो पटक भारतका लागि नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय विश्वकपको फाइनल खेलेका थिए।

बीसीसीआईको एक स्रोतले पीटीआईलाई भन्यो – शमी जनवरीको अन्तिम साता लन्डनमा विशेष खुट्टाको इन्जेक्सन लिन गएका थिए, जहाँ उनलाई तीन हप्तापछि लाइट दौड सुरु गर्न सकिन्छ र त्यसपछि यो इन्जेक्सन लिन सकिन्छ भनिएको थियो।

बीसीसीआईको यो वरिष्ठ स्रोतले नाम न छाप्ने सर्तमा भन्यो – यो इंजेक्शनले काम गरिरहेको छैन र अब एकमात्र विकल्प शल्यक्रिया हो। यस्तो अवस्थामा शमी शल्यक्रियाका लागि चाँडै बेलायत जाने भएकाले आईपीएलको यो सिजनमा शमी खेल्ने प्रश्न नै उठ्दैन । यस्तो अवस्थामा शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स टोलीका लागि यो ठूलो झट्का हो ।

भारतका लागि विश्वकपमा ७ खेलमा २४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका शमीले दुखाइको बाबजुद पनि यो प्रतियोगिता खेले। बलिङ गर्दा उनको ल्यान्डिङमा समस्या देखिएको थियो, तर उनले आफ्नो प्रदर्शनमा असर गर्न दिएनन्। हालै शमी अर्जुन अवार्डबाट सम्मानित भएका छन् । शमीले एक दशकभन्दा लामो करियरमा २२९ टेस्ट, १९५ एकदिवसीय र २४ टी-२० विकेट लिएका छन्।

बंगलादेश र न्युजिल्याण्ड विरुद्ध अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा हुने भारतको टेष्ट खेलअघि उनी फर्किने सम्भावना कम छ। यस्तो अवस्थामा सायद शमी अब अष्ट्रेलियाविरुद्धको मार्की अवे सिरिजमा खेल्न सक्नेछन् । शमीको शल्यक्रियाका कारण उनी टी–२० विश्वकप पनि खेल्न नसक्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *