डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

डिसी नेपाल
११ फागुन २०८० ६:५४
72
Shares

काठमाडौं। बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ। ४० बर्षीय आल्भेजलाई बिहीबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन्।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्ह्सिय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन्।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पीडितलाई क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ। आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *