उर्लाबारी मेयरकप फूटबलको पाँचौं सस्करण फाल्गुन २५ देखि

डिसी नेपाल
१२ फागुन २०८० २०:५८

मोरङ। उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ। उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा उर्लाबारीका ९ वडाले खेल्ने छन। उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाचौँ संस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख रुपैया सहयोग गरेको छ भने उक्त प्रतियोगिता समापन गर्न कुल लागत ७ लाख अनुमान गरिएको उर्लाबारी फूटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले जानकारी दिए।

जिल्ला फुटबल संघ मोरङको प्राविधिक सहयोगमा हुने उर्लाबारी मेयरकपको पाचौ सस्करणको विजेताले रु १ लाख र उपविजेताले ५० हजार रूपैयाँनगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।

अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य तथा उर्लाबारी फूटबल क्लबका अध्यक्ष दीपेन्द्र धिमाल, मोरङ फूटबल संघका उपाध्यक्ष विशाल तामाङ, उर्लाबारी युवा क्लबका अध्यक्ष रोहित थापा र उर्लाबारी युवा क्लबका सचिव तथा सञ्चार क्लब नेपालका पुर्व अध्यक्ष घनश्याम भण्डारी सो कार्यक्रमका बारेमा जानकारी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *