केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

डिसी नेपाल
१३ फागुन २०८० ७:१५

काठमाडौं। जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ। यो खेल एन्फा कम्लेक्समा हुने छ।

त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ। यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि सुरू हुनेछ।

यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *