६ विकेटको क्षतिमा नेपालको १०० रन पूरा

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा नेपालले १०० रनको स्कोर बनाउँदासम्म ६ विकेट गुमाइसकेको छ । नेपालले ३१ औं ओभरमा १०० रन पूरा गरेको हो ।
यस क्रममा नेपालले ओपनर आसिफ शेखसहित अनिल साह, कप्तान रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र भिम सार्कीलाई गुमायो ।
अहिले क्रिजमा कुशल भुर्तेल र आसिफ शेख खेलिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment