कुशल भुर्तेलको अर्धशतक

डिसी नेपाल
१३ फागुन २०८० ११:४६

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेदरल्याण्डविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ७७ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ५ चौका प्रहार गरे ।

नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ र टोली दबाबमा छ । खेलमा नेपालले १०० रनको स्कोर बनाउँदासम्म ६ विकेट गुमाइसकेको छ । नेपालले ३१ औं ओभरमा १०० रन पूरा गरेको हो ।

यस क्रममा नेपालले ओपनर आसिफ शेखसहित अनिल साह, कप्तान रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र भिम सार्कीलाई गुमायो । अहिले क्रिजमा कुशल भुर्तेल र आसिफ शेख खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *