नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको लक्ष्य

डिसी नेपाल
१३ फागुन २०८० १३:०८

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै १७२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले ३–३ विकेट लिए । बेस डे लीडेले २ र रेलोफ भान डेर मेर्वेले १ विकेट लिए । नेदरल्याण्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *